तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने 


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । यस वर्षको तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने भएका छन् ।

सरकारको आधिकारिक क्यालेन्डर अनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिन कात्तिक २६ गतेदेखि सुरु हुन्छ । त्यसको अघिल्लो दिन शनिबार छ । शनिबार काग तिहार हो । काग तिहारमा सरकारी बिदा नभए पनि शनिबार परेकाले कर्मचारीलाई राहत मिलेको छ ।

कार्तिक २६ गते आइतबार लक्ष्मी पूजा, २७ गते सोमबार गाई तिहार, २८ गते गोवर्धन पूजा, २९ गते भाइ टीकाको बिदा छ । ३० गते बिहीबार ‘तिहार बिदा’ भनेर थप बिदा दिइएको छ । यो एक प्रकारले थकाइ बिदा हो ।

विगत वर्षहरूमा तिहारको भोलिपल्ट बिदा दिने गरिएको थिएन । तर, तिहार मनाउन टाढा पुगेका कर्मचारी भोलिपल्टै काममा फर्किन नसक्ने भन्दै सरकारले गत वर्षबाट थप एक दिन बिदा दिने प्रचलन सुरु गरेको हो ।

मंसिर १ गतेबाट कार्यालय खुल्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस