भूकम्पमा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्पमा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार


सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमको गरी १५४ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस