कृषि क्षेत्रको व्यवसायीकरण गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि क्षेत्रको व्यवसायीकरण गर्न माग


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यवसायीकरण गरी निर्यात प्रवर्द्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रूपमा छलफल गर्न सुरु गरेपछि खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासबाट बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न महासङ्घले आयोगलगायत सम्बन्धित पक्षलाई सुझाव दिएको हो ।

आयोगले छुट्टाछुट्टै टोली बनाएर यही कात्तिक २० गतेदेखि सबै प्रदेशमा छलफल थालेको छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीनवटै तहका सरकारलाई जनताको खाद्य सम्प्रभूताको हक स्थापित गर्न कृषि उत्पादनका क्षेत्रमा प्राथमिकता दिन महासङ्घले माग गरेको हो ।

महासङ्घमा आबद्ध नेपाल किसान सङ्घ, अखिल नेपाल किसान महासङ्घ नेकपा (एकीकृत समाजवादी) र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ, तथा समाजवादी किसान महासङ्घ छन् ।

महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले कृषि क्षेत्रमा गरिने लगानीले उत्पादन वृद्धि हुने, किसानको आम्दानी तथा उनीहरूको खर्चगर्ने क्षमता विकास हुने, किसानले गर्ने खर्चले मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस