नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौँले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरू त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस