एन्फाको विशेष साधारण सभामा बोल्न नदिएको भन्दै बाहिरिए कर्मा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एन्फाको विशेष साधारण सभामा बोल्न नदिएको भन्दै बाहिरिए कर्मा


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । हेटौँडामा जारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विशेष साधारण सभास्थलमा लफडा भएको छ ।

अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारण सभामा प्रस्तावक तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा बोल्न नपाएको भन्दै बाहिर निस्किएका छन् ।

हलबाट बाहिरिँदै उनले नेम्वाङ पक्षले पेल्न खोजेको आरोप लगाएका छन् । अहिले हलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल ११० प्रतिनिधि रहेकोमा साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् । साधारण सभामा शतप्रतिशत प्रतिनिधि उपस्थित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस