रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ।

त्यस्तै, बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका सन्दर्भमा सरकारको कामको समीक्षा गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्नेबारे पनि छलफल गर्ने छ। यसअघि रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक मधेस प्रदेशमा गर्ने तयारी गरेको थियो। गत कात्तिक १७ गते जाजरकोट केन्द्र गरी भूकम्प गएपछि मधेस प्रदेशमा गर्ने भनिएको बैठक स्थगित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस