वडा कार्यालय तोडफोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वडा कार्यालय तोडफोड


२२ कार्तिक २०८०, बुधबार


भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । 

गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । 

कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस