तीन कर्मचारीको ११ औँ तहमा बढुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन कर्मचारीको ११ औँ तहमा बढुवा


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेश सरकारले तीन जना १० औँ तहका कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । संघीय निजामती सेवा ऐन जारी नभएका बेला बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ मा टेकेर बढुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधीर श्रेष्ठ र कृषि केन्द्र ललितपुरमा कार्यरत नारायणकुमार श्रेष्ठलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धित कार्यालयमा पदस्थापन गरिएको छ भने सुधीर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौँडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र भण्डारण चितवनमा पदस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस