मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई १० दिने अल्टिमेटम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई १० दिने अल्टिमेटम


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सत्तारूढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले आर्थिक सङ्कटको मारमा परेका बखत कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि र कालोबजारी भएकोतर्फ सरकारको ध्यानाकर्षण गरेको छ ।

युवा सङ्घका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।

मन्त्रीलाई ध्यानाकर्षण पत्र दिनुका साथै माग सम्बोधन गर्न सरकारलाई १० दिने अल्टिमेटम दिइएको सङ्घका नेता मनोज खत्रीले बताए ।

सङ्घले ज्ञापनपत्रमार्फत ‘सरकारले आम्दानी वृद्धि र रोजगारी सृजना गर्नतर्फ पहल नगर्ने त्यसमाथि महँगी नियन्त्रण पनि नहुने अवस्थाका विरुद्ध जनआक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगरी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी खाद्यपदार्थलगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत सृजना गराउन सरकारलाई १० दिन समय उपलब्ध गराएको अन्यथा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस