पाटनका चिकित्सकलाई प्रहरीले भन्यो-‘अनुसन्धान भइरहेको छ, सेवा बन्द नगर्नुस्’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पाटनका चिकित्सकलाई प्रहरीले भन्यो-‘अनुसन्धान भइरहेको छ, सेवा बन्द नगर्नुस्’


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ ।

मंगलबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य विवरण सङ्कलन गरी थप अनुसन्धानको काम भइरहेको जनाएका छन् ।

शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो ।

मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि चिकित्सकले सुरक्षा प्रत्याभूति नभएको भन्दै प्रचलित कानून बमोजिम आक्रमण गर्नेहरूलाई तत्काल कारबाही गर्न माग राखेका छन् ।

मङ्गलवारदेखि  चिकित्सकले अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प पारेका छन् ।

निमोनियाका बिरामीलाई एन्टिबायोटिक औषधि सुईमार्फत दिएको पाँच मिनेटभित्रै दुबैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस