हङकङमा हुने टी-२० शृङ्खलाका लागि २२ खेलाडी बन्द प्रशिक्षणमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हङकङमा हुने टी-२० शृङ्खलाका लागि २२ खेलाडी बन्द प्रशिक्षणमा


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० शृङ्खलाका लागि आज (मङ्गलवार) २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, युएई र मलेसिया छन् ।

छनोट हुने नेपाली टोलीमा रुबिना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् । त्यसैगरी ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनीषा चौधरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस