बुढानीलकण्ठबाट सात जुवाडे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुढानीलकण्ठबाट सात जुवाडे पक्राउ


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एन्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङसमेत सात जनालाई नगद रु २३ हजार ६८० र आठ दाना ओखरसहित पक्राउ गरेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस