भूकम्प पीडितलाई भूपाल प्रज्ञा परिषद्को १० लाख सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्प पीडितलाई भूपाल प्रज्ञा परिषद्को १० लाख सहयोग


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । भूपालमानसिंह कार्की प्रज्ञा परिषद्ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

भूपाल प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रज्ञा परिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

जनरल भूपालमानसिंह कार्कीले २०५२ सालमा एक करोड रुपैयाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञा परिषद्को स्थापना गरेका थिए ।

परिषद्का सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार परिषद्ले स्थापनाकालदेखि निरन्तर एक दशकसम्म पाँच लाख रूपैयाँको सार्कस्तरीय भूपाल प्रज्ञा पुरस्कारलगायत साहित्य, कला, धर्म संस्कृति, समाजसेवा, शिक्षा, खेलकुद आदि क्षेत्रमा बर्सेनि एक दर्जन पुरस्कार प्रदान गरेको थियो । संस्था मानवीय सेवामा पनि समर्पित हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस