भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषबाट प्रभावितहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यका अनुसार कोषबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामाले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नेछन् ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस