२८ नवीनतम परियोजनामा १ करोड ४० लाख लगानी गर्दै केयू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२८ नवीनतम परियोजनामा १ करोड ४० लाख लगानी गर्दै केयू


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ ।

केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धन गर्न लगानी गर्ने भएको हो ।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । जहाँ यसअन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।

१ करोड रुपैयाँ ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ । जसअन्तर्गत आवेदकहरू केयूसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारीलगायतले मात्र दिन पाउनेछन् ।

केयूका अनुसार प्रत्येक नवीनतम सोचलाई ५ लाख गरी २८ वटालाई परियोजनाले सहायता पाउने छन् । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

मंगलबारदेखि ३१ डिसेम्बरसम्म आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालले बताएको छ ।

केयूअन्तर्गत इन्कुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ । ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस