बागमती प्रदेशका प्रमुख सचिवसहित कर्मचारीहरुले भूकम्प प्रभावितलाई सहयोग गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेशका प्रमुख सचिवसहित कर्मचारीहरुले भूकम्प प्रभावितलाई सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायसहित कर्मचारीहरुले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने भएका छन् ।

बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको ३ दिनको तलव, अधिकृत स्तरका कर्मचारीको २ दिनको तलव र अन्य सबै कर्मचारीको १ दिनको तलव कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए । बागमती प्रदेशको सचिव बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनर्स्थापनाकाे लागि सहयोग गर्ने निर्णय गरेको हो ।

कर्मचारीहरुले तलवबाट जम्मा गर्न लागेको उक्त रकम करिब एक करोड २५ लाख रुपैयाँ हुन आउने बुझिएको छ । राष्ट्रिय बाणिज्य बैक, सुर्खेतमा रहेको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालय (विपद् व्यवस्थापन कोष विविध)को खाता नं. ४०८०१००२०२०६०००० मा रकम जम्मा गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस