राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितका लागि एक करोडको चेक हस्तान्तरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितका लागि एक करोडको चेक हस्तान्तरण


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

‘भूकम्पका कारण मृत्यु हुने नागरिकहरू प्रति बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ, ‘बैंकले बनेको छ ।’

उक्त कार्यक्रममा मुख्य सचिव डा.वैकुण्ठ अर्याल, स्वकीय सचिव गङ्गा दाहाल, बैंक सञ्चालक समिति सदस्यहरू रोमिला ढकाल उप्रेती,सुशील घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरवार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दीप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस