एक दिन अघि नै म्ह पूजा र भाइ टिका मनाउन नगरपालिकाको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक दिन अघि नै म्ह पूजा र भाइ टिका मनाउन नगरपालिकाको निर्देशन


२१ कार्तिक २०८०, मंगलबार


भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटिका मनाउने भएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइ टिका मनाउन निर्देशनात्मक रूपमा आह्वान गरेको छ । यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताए ।

पञ्चाङ्ग निर्णायक समिति यस वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन तथा म्ह पूजा र २९ गते भाइ टिका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो । तर भक्तपुर नगरपालिकाले भने २६ गते अपराह्न २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपराह्न २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यस दिन साँझ म्ह: पूजा गर्ने र कात्तिक २८ गते अपराह्न २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजा पूजा अर्थात् भाइ टिका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस