काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।
एसपी रिजालका अनुसार मङ्गलवार बिहान हेटौडाको स्मारक भन्दा माथि जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा भण्डारी भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जानकारी एसपी रिजालले बताए ।