एमालेले डाक्यो सचिवालय बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले डाक्यो सचिवालय बैठक


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपराह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने गरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस