जाजरकोटमा दोस्रो पटक भूकम्प : आठबीसकोटमा चार जना घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जाजरकोटमा दोस्रो पटक भूकम्प : आठबीसकोटमा चार जना घाइते


२१ कार्तिक २०८०, मंगलबार


त्रिवेणी । सोमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् ।

दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् ।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ । भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस