काठमाडौँ । अब सामूहिक लगानी कोष (म्युचुअल फन्ड) दोस्रो बजारमा सूचीकृत हुने बित्तिकै बिक्री गर्न नपाइने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेबाट नै लागु हुने गरी नयाँ व्यवस्था गरेको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम अब म्युचुअल फन्डहरूले आइपिओ ६ महिनापछि मात्र बिक्री गर्न पाउने छन् ।
तर, ६ महिनाभित्र समय अवधि सकिन लागेका म्युचुअल फन्डहरूलाई यो नियमले बाधा नपुर्याउने बताइएको छ ।