नेपालगन्ज आइपुग्यो भारत सरकारले पठाएको दोस्रो चरणको राहत सामाग्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालगन्ज आइपुग्यो भारत सरकारले पठाएको दोस्रो चरणको राहत सामाग्री


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।

उक्त राहत सामाग्री भारतीय राजदूतावासका प्रतिनिधि प्रशान्त श्रीवास्तवले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो चरणको राहत सामाग्री आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पठाइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस