किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ।

हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो। 

शुक्रबार बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीले किशोरीमाथि बलात्कारसमेत भएको बताएको छ ।

किशोरीको घाँटी थिचेर हत्या भएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। बिहीबार दिउँसो धान काट्न किशोरी र उनको परिवार खेतमा पुगेको थियो। सुर्ती किन्न पठाएपछि गएकी किशोरी फर्किएकी थिइनन्। 

भोलिपल्ट बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस