उद्धार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन समाजवादी मोर्चाको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्धार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन समाजवादी मोर्चाको माग


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गएको भूकम्पका प्रभावितहरूका लागि तत्काल उद्धार तथा उपचार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष माधवकुमार नेपालले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई मानवीय सेवा तथा सहायता उपलब्ध गराउन देशका तीनै तहका सरकार तथा जनप्रतिनिधि, रेडक्रसलगायत प्राकृतिक प्रकोपमा उद्धार गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र सुरक्षा निकायलाई सहयोगका लागि समेत अपिल गरेका छन्

साथै, विज्ञप्तिमा मानवीय सङ्कटको समयमा उघार, राहत र पुनः स्थापना लागि आवश्यक पहलकदमी लिनका लागि समाजवादी मोर्चा नेपालमा आबद्ध पार्टीका नेता र कार्यकर्ताहरूलाई समेत आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस