प्रधानमन्त्री ‘प्रचण्ड’ र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’सँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस