नेपालका वेस्ट ब्याटर बने कुशल भुर्तेल, अरूले कति पुरस्कार जिते ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालका वेस्ट ब्याटर बने कुशल भुर्तेल, अरूले कति पुरस्कार जिते ?


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटको वेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

११ विकेट लिएका ओमानका बिलाल खान वेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार नेपाललाई हराएर ओमानले उपाधि जितेको थियो । ओमानका अकिब इलियास वेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।

नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरूमा नेपाली खेलाडीहरूको पकड रह्यो । वेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादव, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।

बजाजले प्रायोजन गरेको नेपाल्स वेस्ट ट्यालेन्ट र पठाओले प्रायोजन गरेको नेपाली टोलीभित्रको प्लेयर अफ दी सिरिज दुवै गुल्सन झाले प्राप्त गरे । प्लेयर अफ दी सिरिजबापत उनले ५५ हजार ५ सय ५५ र नेपाल्स वेस्ट ट्यालेन्टबापत मोटरसाइकल प्राप्त गरेका छन्।

यस्तै वेस्ट डेलिभरी सोमपाल कामी (१० हजार), क्याच अफ द म्याच विवेक यादव (१० हजार)लामो छक्का करण केसी (१५ हजार) सट अफ द म्याच: गुल्शन झा (१० हजार), फास्टेस्ट स्कोररः करण केसी (१५ हजार), एक्स एजबाट टीमलाई (१० लाख), माइलस्टोन अफ द म्याच गुल्शन झा (१० हजार) छन्

Tags :
प्रतिक्रिया दिनुहोस