ओमाविरुद्ध कप्तान रोहित पौडेलको पनि अर्धशतक « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ओमाविरुद्ध कप्तान रोहित पौडेलको पनि अर्धशतक


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए।

यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।

चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।

यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो।

२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो। त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस