भूकम्प पीडितलाई एक महिनाको तलब दिने सांसद पौडेलको घोषणा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भूकम्प पीडितलाई एक महिनाको तलब दिने सांसद पौडेलको घोषणा


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौँ नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस