घाइतेको जीवन रक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

घाइतेको जीवन रक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवन रक्षा नै पहिलो काम भएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरूको जीवन रक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधन परिचालन गरिएको बताए ।

रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरूको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई-१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउनु हो’, उनले भने, ‘त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए । उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस