विश्वकप क्रिकेटमा अफगानिस्तानको चौथो जित, नेदरल्यान्ड्सई ७ विकेटले  पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप क्रिकेटमा अफगानिस्तानको चौथो जित, नेदरल्यान्ड्सई ७ विकेटले  पराजित


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ। जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलव ३ ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भएको खेलमा टस जितेर नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ४६ दशमलव ३ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमायो।

अफगानिस्तानका लागि रहमत शाहले ५४ बलमा ८ चौकासँगै ५२ रन बनाए । त्यसैगरी रहमानउल्लाह गुरबाज़  १० रन बनाएर तथा इब्राहिम जनदरान २० रन बनाएर आउट भए । कप्तान हशमतउल्लाह शहीदी  ५६ रन बनाएर तथा अमतउल्लाह ओमरज़ाई ३१ रन बनाएर नट आउट रहे ।  

नेदरल्यान्ड्सका साक़िब ज़ुल्फ़िक़ार,रुलॉफ़ वैन डर मर्व र लोगन वैन बीकले एक एक विकेट लिए ।  

 यस अघिनेदरल्यान्ड्सको पालीमा साइब्रैंड एंगलब्रेख्तले ५८ रन बनाए । त्यसैगरी मैक्स ओुडाउडले ४२ रन , कॉलिन ऐकरमैन  २९ रन रुलॉफ़ वैन डर मर्वले ११ रन तथा आर्यन दत्तले १० रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका लागि मोहम्मद नबीले ९ दशमलव ३ ओभरमा १ मेडन ओभरसंगै २८ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी नूर अहमद २ विकेट तथा मुजीब उर रहमानले १ विकेट लिए । नेदरल्यान्ड्सका  ४ जना व्याटरलाई अफगानिस्तानका खेलाडीले रन आउट गरे।

यो जितसंगै जारी लिगमा अफगानिस्तान ७ खेलबाट ४ जितसहित ८ अंक पाएर तालिकाको पाँचौ स्थानमा उक्लीएको छ भने नेदरल्यान्ड्स ७ खेलबाट २ जितसहित ४ अंकका साथ आठौँ स्थानमा यथावत रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस