२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मेन्द्र बास्तोला धरौटीमा रिहा

अ+ अ-

दाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बास्तोला ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका बास्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको प्रहरी स्रोतले जनाएको छ।

न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। बास्तोलालाई शुक्रबार अदालतमा पेश गरिएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका-५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सुर्खेतको पञ्चपुरी नगरपालिका-९ का बास्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका-५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याइएको थियो।

तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए। घटना लगतै प्रहरीले नेता बास्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस