म्याग्दीमा गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म्याग्दीमा गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ।

आज जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन्।

म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्टेलियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकाको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीलाई नागरिकता प्रदान गर्दै म्याग्दीबाट गैरआवासीय नागरिकता वितरणको सुरुवात गरिएको प्रजिअ पौडेलले बताए । उनले संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता वितरण गरिएको बताए ।

म्याग्दीमा गैरआवासीय नेपालीका पक्षमा सरकारले सकारात्मक भूमिका निर्वाह गरिरहेको र थप सहकार्यमा समेत सहज हुने प्रजिअ पौडेलको भनाई थियो । सोही अवसरमा एनआरएनको हैसियतमा पहिलो नागरिकता लिएपछि अष्टे«लियाका दिपक भण्डारीले जन्मभुमीमा हुने सामाजिक एवम् विभिन्न कार्यहरूमा प्रत्यक्ष संलग्न हुन कुनै समस्या नहुने बताए। उनले आर्थिक र सामाजिक हैसियतमा सधैँ जन्मभूमिमा सक्रिय हुने बताउँदै नागरिकता वितरणमा भएको सहयोगप्रति आभार व्यक्त गरे। गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण भएको समेत उनले बताए।

हालसम्म कीर्तिमानी पर्वतरोही निर्मल पुर्जाले समेत गैरआवासीय नागरिकताका लागि आवेदन दिएका छन् भने अन्य गैर आवासीयहरूले समेत वंशजको नागरिकता परित्याग गरी गैरआवासीय नेपाली नागरिकताका लागि प्रक्रिया बुझ्न थालेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस