कोशीमा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीमा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी 


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमति विपरीत माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् ।

माओवादी र एकीकृत समाजवादीबाट १(१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका प्रवक्ता शमशेर राईले बताए । उनले आजै नियुक्तिको सम्भावना रहेको जानकारी दिए ।

केदार कार्की गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले यसअघि एमाले र नेपाली काँग्रेसका एक-एक जनालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई कार्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए ।

विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमालेमात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस