राष्ट्र बैंक र महासङ्घले गरे तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्र बैंक र महासङ्घले गरे तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन तथा अनुसन्धानका लागि आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार उक्त समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासङ्घमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउने छन् । त्यसका लागि महासङ्घले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस