सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । आइसीसी टी-२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा नेपालका सन्दीप लामिछानेले युएईको तेस्रो विकेट झारेका छन्।

सन्दीपले युएईका आशिफ खानलाई १३ रनमा आउट गरेका छन्।

टस हारेर युएईविरुद्ध बलिङ गरिरहेको नेपालले आफ्नो बलिङले युएईमाथि दबाब दिने प्रयास गरिरहेको छ।

यसअघि नेपालका सोमपाल कामीले लगातार युएईको दुई विकेट लिएका थिए उनले युएईका कप्तान मोहम्मद वशिमलाई २७ रनमा आउट गरे भने खालिद शाहलाई ३ रनमा आउट गरे।

Tags :
प्रतिक्रिया दिनुहोस