‘रिगल’को आममाफी सर्वोच्चले बदर गरेपछि भारतीले अनसन तोडिन् « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘रिगल’को आममाफी सर्वोच्चले बदर गरेपछि भारतीले अनसन तोडिन्


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्।

सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसिरहेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन्।

माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी थिइन्।

अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले वीर अस्पतालमै अनसन तोडेकी हुन्।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस