महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गर्‍यो : माओवादी केन्द्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गर्‍यो : माओवादी केन्द्र


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले ठूलो योगदान पुर्‍याएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले नेपाल भ्रमण क्रममा गरेको अभिव्यक्तिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिए । दलहरूका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको उनको भनाइ छ । सापकोटाले इतिहासको चक्का पछाडि फर्कन नसक्ने भन्दै परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले पार्टीको जनतासँग माओवादी अभियान पार्टी र राज्यको रूपान्तरण र शुद्धीकरण भएको जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस