अँध्यारो कोठामा तीन नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता भन्न सकिन्न : सिके राउत « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

अँध्यारो कोठामा तीन नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता भन्न सकिन्न : सिके राउत


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देश ‘टाइटानिक’ जहाज जस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो विम्ब प्रयोग गरेर देशको अवस्था बताएका हुन् ।

उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको समेत बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको दाबी गरेका थिए ।

‘आम जनताको लागि लोकतन्त्र कहाँ छ ? ‘भनेर उनले प्रश्न गर्दै कुन विधेयक पारित गर्ने वा नगर्ने भनेर अँध्यारो कोठामा तीन नेताले तय गर्ने गरेको र त्यसलाई नै सार्वभौम सत्ता भनिएको तर्क गरे । ‘अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न सकिन्न, ‘उनले भने, ‘यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् । ३४ वर्षदेखि कहाँ पुगिसक्यो देश रु त्यो हेरेका छैनौँ ।’

उनले ठूला दलहरूले नयाँ दललाई अपहेलना गरिरहेको आरोप समेत लगाए । ‘चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ नयाँलाई त हामी भष्म पार्दिन्छौ भन्छौँ । कस्तो खालको आक्रोश हो ? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न, ’उनले भने, ‘जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटानिक डुबे जस्तै डुब्दैछ । यो डुबाउने चालकहरू नै हुन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस