कलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटे « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटे


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जुवाको खेलबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार धरौटीमा छाडेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

तत्कालीन समयमा प्रहरीले जुवाको खेलबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस