ओमानविरूद्ध सन्दीपले लिए २ बलमा २ विकेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ओमानविरूद्ध सन्दीपले लिए २ बलमा २ विकेट


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत सन्दीप लामिछानेले नेपाललाई एकै ओभरमा २ सफलता दिलाएका छन् ।

ओमानले १३ ओभरमा ९६ रन बनाएको छ भने ६ विकेट गुमाएको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। नेपालका लागि हालसम्म करण केसी एक विकेट, सोमपाल कामीले दुई र गुलशन झा एक र सन्दीपले दुई विकेट लिएका हुन्।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस