पाँच दर्जन सहसचिवको सरुवा तयारी, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाँच दर्जन सहसचिवको सरुवा तयारी, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुँदै


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । ठूलो संख्यामा सहसचिवहरूको सरुवा हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ जना सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । भोली बस्ने मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गर्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ९ बजे बस्दै छ । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुशार सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई सरुवा गरिएको छ । सरुवा सूचीमा समावेश गरिएका सहसचिवहरूमा अवधि पुगेकादेखि मिलान गर्नुपर्नेहरुसम्मको नामावली समेटिएको छ । 

‘निकै लामो रस्साकस्सी पछि आज अबेर गरी सामान्यबाट सरुवा प्रस्ताव क्याबिनेटमा पठाइएको छ’, सिंहदरवार खास स्रोतले प्रशासनसँग भन्यो, ‘कैयन पटकको छलफलपछि सूचीलाई अन्तिम रूप दिइएको भए पनि संख्या र व्यक्तिको केही अदल बदल हुन सक्छ’ 

Tags :
प्रतिक्रिया दिनुहोस