काठमाडौँ । नेपाल राष्ट्र बैँकले यसपटक तिहारका लागि सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ। तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मालगायतको माग बढी हुँदा बैँकले यसपटक कोटा तोकेको हो।
राष्ट्र बैँकको सूचना अनुसार यसपटक प्रतिव्यक्ति एक-एक सेट सुन र चाँदीको असर्फीमात्र उपलब्ध गराइनेछ।
सुनको असर्फी १ सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्राम) तथा चाँदीको गाई, लक्ष्मी र गणेश अङ्कित २५ ग्राम, १०-१० ग्रामको सिक्का उपलब्ध गराइने जानकारी बैँकले दिएको छ।