अधिकृत सातौँ र पाँचौँमा लोक सेवा खुल्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अधिकृत सातौँ र पाँचौँमा लोक सेवा खुल्यो


१५ कार्तिक २०८०, बुधबार


पोखरा । प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन आव्हान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजश्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर(जनरल, स्यानिटरी, इरिगेशन), सव इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिक्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आलेप सहायकलगायत रहेका छन् ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् भने दरखास्त दिने अन्तिम मिति मंसिर ५ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन सकिने छ ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस