जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । सोमबार प्रहरीले ४६ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. एक लाख ९९ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसै गरी काठमाडौँ, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत आठजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु १९ हजार ५०० र तीन बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँके, कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत पाँचजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ३५ हजार ९५५ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस