ओलीको प्रतिक्रिया : गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीको प्रतिक्रिया : गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको बताएका छन् ।

मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताएका हुन् ।

नेपालको राम्रो मूल्याङ्कन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको ‌ओलीको भनाइ छ ।

ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने बताएका छन् । ‘

Tags :
प्रतिक्रिया दिनुहोस