संक्रमणकालीन न्याय सजिलो विषय छैन : गुटेरेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संक्रमणकालीन न्याय सजिलो विषय छैन : गुटेरेस


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् ।

उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसङ्घको समर्थन र सहयोग रहने बताए ।

उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिने बताए । संयुक्त राष्ट्रसङ्घ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन रहेको समेत उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस