एनआरएन कार्यालयमा झडप, पराजित समूहमाथि हातपात गरेको आरोप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनआरएन कार्यालयमा झडप, पराजित समूहमाथि हातपात गरेको आरोप


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ ।

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टिम पुगेपछि विवाद र हातपात भएको हो ।

पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा सङ्घका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो ।

पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा सङ्घका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ ।

पराजित पक्ष माओवादी केन्द्रका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित कार्यालयमा गएको थियो । पराजित पक्षले वाइसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा सङ्घका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस