एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु


१४ कार्तिक २०८०, मंगलबार


विराटनगर । झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो ।

ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस