संघीय संसदका दुई समितिको बैठक बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

संघीय संसदका दुई समितिको बैठक बस्दै


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ ।

राष्ट्रिय सभा अन्तर्गत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

दुवै बैठक सिंहदरवारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस